निरीह समदृष्टि [गजल सङ्ग्रह]

निरीह समदृष्टि [गजल सङ्ग्रह] hel

11/26/2018
तिमिले बलिमा नचढेको भएयुद्दमा तिमी नहोमिएको भएतिमिले असहिय कष्ट र पीडा नपिइदिएको भएतिमिले तातो रगत नबगाएको भएआज यो देशमा...
09/09/2018

तिमिले बलिमा नचढेको भए
युद्दमा तिमी नहोमिएको भए
तिमिले असहिय कष्ट र पीडा नपिइदिएको भए
तिमिले तातो रगत नबगाएको भए
आज यो देशमा रातो कफन बाधेर
गणतन्त्र आउदैन थियो |

हिजो देशको निम्ति मर्नेहरुका सहपाठीहरु आज सात पुस्ते सपनाको लागि मर्न तयार हुदैछन् तिमिले बलिमा नचढेको भए युद्द....

कफी
05/25/2018

कफी

कविता मैले, यो आधुनिक विहानको निधारमा टेकेर बल्दै गरेको चुलोमा कालो धुवाँको पर्फ्यूम लगाएर कित्लीसँग थोरै प्रेम ...

04/23/2016

~~~~~~~ गजल ~~~~~~~

किन किन सानुको त नामै प्यारो लाग्छ !
नाम मात्रै कहाँ हो र गामै प्यारो लाग्छ !!

सजाएर राखेको छु फ्याक्न कहाँ सक्थे !
उन्ले प'ठा चिठ्ठीको त खामै प्यारो लाग्छ !!

कैले काहीं जिस्क्याउदा रिसाउदै उन्ले !
दुखे पनि चिमोटेको डामै प्यारो लाग्छ !!

कसैलाई जाडो अरे कसैलाई गर्मी !
मलाई त पिरतीको यामै प्यारो लाग्छ !!

स्वर्ग स्वर्ग भन्थे सबै स्वर्ग भन्दा पनि !
उनी संग भेट भा'को ठामै प्यारो लाग्छ !!

थकित यात्री ' सुरेश '
गोरखा ९ बिरिन्चोक
हाल - अबुधाबी

02/07/2016

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा

म त उजाड मरुभुमिमा हर्राई सकेछु

नसम्झिनु है मलाई कुनै खुशियालीमा

म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु

नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा

म त ५५ डिग्रीको घाममा जल्न पुगेछु

नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा

म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु

नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा

म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु

नखोज्नु है मलाई वरपिपलको छहारीमा

म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु

नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा

म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनि सकेछु

नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा

म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु

सागर बोहरा

महेंन्द्रनगर, नेपाल @ कंचनपुर

11/24/2013

थोपा थोपा खुशीहरु सम्हाल्नुछ मैले !
दु:खका यी दागहरु पखाल्नुछ मैले !!

आज यस्तो बाध्यतामा परेकोछु साथी !
जसरीनी यो ढुंगालाई पगाल्नुछ मैले !!

बाजी हार्ने मन छैन चुनौतिछ ठूलै !
सागरभित्र बाट मोति निकाल्नुछ मैले !!

गन्तव्यको माथा चुम्न गार्है पर्दो रैछ !
संघर्षको ठूलो पहाड उचाल्नुछ मैले !!

सहनु सम्म सहें मैले अत्ति भयो अब !
अन्यायका खातिर खुन उमाल्नुछ मैले !!

लेख कार्की "अन्योल"
खोटांग

11/05/2013

मत खुशी हुन्थे आसिर्बाद पाउदा दिदी
तिन धर्के टिका निधारमा लाउदा दिदि

हजुरको महान्ताले हर्षितमय भए जब
पुजी मलाई ति हातले खु'वाउदा दिदी

कति रामलो हुन्थ्यो गाउँ समाजमा
हामीले देउसी र भईलो गाउदा दिदी

पुगिन्थ्यो धेरै टाडा टाडा सम्म पनि
झलमल दियोको उज्यालो छाउदा दिदि

सधै पर्खी बस्थे त्यो आधा बाटोमा म
सोली भरेर पाहुर बोकी आउदा दिदी
''बैनी''
लह लह धान्को बाला झुके पछी रोएछु म
बैनी संगै सयपत्री सुके पछी रोएछु म

यो वर्ष घर फर्कि रमाउने आसै आश्मा
बिलम्ब मेरा रहर हरु लुके पछी रोएछु म

पर्खाइका दिन गनि बाटो हेर्ने बहिनिका
खुशी पुरा गर्न सँधै चुके पछी रोएछु म

यो तिहामा पनि उनले दुख गरि उनेका
ति मखमलीको माला फुके पछी रोएछु म

आज प्रदेशी भै बहिनि देखि टाडा हुनु पर्दा
अनायास्सै कोमल मन दुखे पछी रोएछु म

रेडियो हाम्रो संसार र पि एन एन रेडियोको कार्यक्रम "गजल संसार " आज पनि तपाइहरु माझ पस्केकी छु तिहार बिशेस गजल र तिहार को ...
10/24/2013

रेडियो हाम्रो संसार र पि एन एन रेडियोको कार्यक्रम "गजल संसार " आज पनि तपाइहरु माझ पस्केकी छु तिहार बिशेस गजल र तिहार को गीतहरु रहेको यो कार्यक्रम सुन्न नभुल्नु होला .. सोहि कार्यक्रम तपाइले www.mohanbihni.com , www.chisapaninepal.comwww.nqkhabar.comमा गएर पनि सुन्न र डाउनलोड गर्न सक्नु हुन्छ .
साथै सम्पूर्ण नपाली दाजु भाइ तथा दिदि बहिनिमा दिपावलीको हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दछु .

अनलाइन रेडियो हाम्रो संसारको प्रस्तुती कार्यक्रम "गजल संसार" नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म, प्रत्येक सोमबार लाइभ सुन्नु सक्नु हुने छ !

10/22/2013

म भोग्दै छु जिन्दगी अचानो भएर
दुनियाँको आँखामा आँखानो भएर||

आफ्नै थे रुवाउने जाँदै छु छोडेर
भेट्ने छु कुनैदिन बिरानो भएर||

सफलता चुम्दैमा नउफ्र त्यसरी
लड्नेछौ कुनै दिन उत्तानो भएर||

जिन्दगीले यसरी रुवाउछ मलाई
रहँदैनन ई आँखा ओभानो भएर ||

अनुभब सँगाली बाँच्दै छ गाँउले
के बिग्रियो जिन्दगी अर्धानो भएर||

जीतु खड्का गाँउले
मोरंग उर्लाबारी

10/22/2013

माया न हो मनभीत्रको देख्छ्यौ कसरी प्रीया ?
प्रतिबिम्ब हामी बीचको छेक्छ्यौ कसरी प्रीया ?

के हुन्छ के हुन्न नसोध भो कसैलाई
हुने कुरा भैई नै हाल्छ मेट्छ्यौ कसरी प्रीया ?

अधुरै रह्यो सपना अधुरै रहनेछ जीवनको
कहानी यो पुरा अब लेख्छ्यौ कसरी प्रीया ?

मरेभने मेरो अन्तीम काजक्रया हुदा
जलेको त्यो मुटु'लाई सेक्छ्यौ कसरी प्रीया ?

समशानमा छटपटाऊदै आत्मा भट्कीरहदा
ब्याकुल हुदै सामीप्यमा टेक्छ्यौ कसरी प्रीया ?

माया न हो मनभीत्र को देख्छ्यौ कसरी प्रीया ?
प्रतिबिम्ब हामी बीचको छेक्छ्यौ कसरी प्रीया ?

--कर्म मुस्कान

10/22/2013

मिठा मिठा बातमा फसायौ ।
अनेक थरी सपना देखायौ ।

तिमीबीना बाच्न नसक्ने हुदा ।
बीचमै आज साथ छुटायौ ।

नभोक न निद्रा लाग्छ अचेल ।
मायामा कस्तो पागल बनायौ ।

अर्कैको डोली चढेर जादा तिमी ।
मलाई आज धरधरी रूवायौ ।

आधा जोबनसम्म कुराएर मलाई ।
सिउदो तिम्रो अर्कैलाई सुम्पायौ ।

© अबिरल सागर सौगात

10/22/2013

घरमा जे-छ त्यसमै रमाई मनाउनु हजुर बडा दशै।
आत्मियता सदभाब बढाई मनाउनु हजुर बडा दशै।।

निधार खाली कसैको नि हुन नपरोस यो दशैमा।
रातो टिका जमरा लगाई मनाउनु हजुर बडा दशै॥

घाटी हेरी हाड निल्नु पर्छ हेर साथी-भाई।
तडक---भडक नदेखाई मनाउनु हजुर बडा दशै॥

चाड पर्वको नाउमा भन्दै फजुल खर्च नगरी।
समाजमा कुरिति हटाई मनाउनु हजुर बडा दशै॥

नेपाल नै नरहे नेपाली कहाँ रहन्छौ र? हामी।
धर्म र सस्कृती बचाई मनाउनु हजुर बडा दशै॥

©अबिरल सागर सौगात

Address

86th Street
Brooklyn, NY
35062

Website

Alerts

Be the first to know and let us send you an email when निरीह समदृष्टि [गजल सङ्ग्रह] posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category