Gandaki License Pokhara

Gandaki License Pokhara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gandaki License Pokhara, pokhara, Pokhara.

यातायात कार्यलय गण्डकी पोखरा सम्बन्धी सम्पुर्ण जानकारी को लागि हाम्रो पेज follow गर्नु होला।
यो पेज कार्यालयको आधिकारिक पेज नभई सहायताका लागि मात्रै सञ्चालनमा ल्याइएको हो

16/08/2026

Online राजस्व तिर्न समस्या भएको छ ?
यदि समस्या भएको छ भने हामीलाई message गर्नुस् तुरुन्तै समाधान गरिदिने छौं।

16/08/2026

How to change Mobile number??

Video source: Techpana

16/08/2026

License को Form भर्नु भयो त?
समस्या त आएको छैन नी?

15/08/2026

वर्ग A भनेको मोटरसाईकलको लागि हो ।

स्कूटरको लागि वर्ग K छनौट गर्नु पर्छ ।

वर्ग A को लाइसेन्स पाएपछि मोटरसाईकल, मोपेड, स्कूटर चलाउन पाइन्छ भने वर्ग K को लाइसेन्स पाएपछि स्कूटर चलाउन पाइन्छ ।

फाराम भर्दा K भर्नुपर्ने A भर्नुभएको छ । ध्यान दिनु होला ।

15/08/2026

लाइसेन्स को लागि मेडिकल गर्दा कतै तपाइँ ठगिनु भएको त छैन ?
रु.१५० भन्दा बढी लिएको पाइएमा तुरुन्त सम्पर्क गर्नु होला।
Online बाट Doctor खोजेर Medical गर्न गाह्रो भएको छ भने यातायात कार्यालय अगाडि Medical सेवा उपलब्ध रहेको जानकारी गराइन्छ।

15/08/2026

लाइसेन्स सम्बन्धी केही कुरा सोध्नु छ भने तुरुन्तै message गर्नुस् है । १० Second भित्र Reply दिने प्रयास गर्ने छौं।😊

15/08/2026

आदरणीय सेवाग्राही महानुभावहरु
रिट्रायलको लागि राजश्व तिर्ने सम्बन्धमा पुरानो सिस्टमबाट फर्म भरेर ट्रायलमा फेल हुनुभएका सेवाग्राहीको नयाँ प्रणालीबाट edlvrs.gandaki.gov.np बाट राजश्व तिर्न खोज्दा विभिन्न समस्याहरु देखा परिरहेका छन ।
यस सम्बन्धमा नयाँ प्रणालीले पुरानो डाटा सहि ट्र्याकिङ गरेको छैन । अर्कै category देखाउने, अर्कै कार्यालय देखाउने, पास भएको देखाउने लगायतका समस्याहरु देखा परेका छन । यस्तो अवस्थामा आउदो सोमबार सम्म यसको समाधान हुने भनेर developer team बाट जानकारी प्राप्त भएको छ ।
रिट्रायलको राजश्व तिर्दा यस्ता समस्याहरु देखा परेका छन भने payment गर्न नहतारिनुहोला । आफ्नो application मा सहि अवस्था देखाएपछि मात्र प्रकृया अगाडि बढाउनुहोला ।

14/08/2026

यातायात कार्यालय के का लागि जाने त !
१. लिखित परीक्षा दिन
२. Trail Exam दिन
३. Smart License प्राप्त गर्न
४. Online बाट समस्या समाधान गर्न नसकिएका समस्या सुल्झाउन।

यस बाहेक अन्य सम्पूर्ण काम अब घरमै बसी बसी Online गर्न सकिने छ ।

14/08/2026

सुचना!
नयाँ प्रणाली आउनु अगाडि ट्रायल पास भएको तर नयाँ प्रणालीमा अनलाइन पास राजश्व तिर्दा समस्या देखिएका छन भने कार्यालयमा सम्पर्क राख्नुहोला ।

14/08/2026

लिखित तथा Trial परीक्षा सम्बन्धी सूचना;
======================
वर्ग A/K का लागि लिखित परीक्षा मंगलबार, बुधबार, बिहिबार र शुक्रबार हुनेछ भने मोटरसाइकलका लागि ट्रायल परीक्षा सोमबार, मंगलबार र बिहिबार हुनेछ भने स्कुटरका लागि बुधबार र शुक्रबार हुनेछ ।

त्यसैगरी
लिखित परीक्षा वर्ग B को लागि सोमबार हुनेछ भने सो को ट्रायल परीक्षा सोमबार देखि शुक्रबार सम्म हुनेछ । सोही बमोजिम नै सिस्टमबाटै कोटा उपलब्ध हुनेछ ।

Address

Pokhara
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Gandaki License Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gandaki License Pokhara:

Shortcuts

Share