Rc dai ko driving school kushma parbat

Rc dai ko driving school kushma parbat ड्राइभिङ सम्बन्धी सम्पूर्ण जानकारी का लागि यहाँ लाइक गर्नु होस् .

लाईसेन्सको लिखित परिक्षा सम्वन्धी अत्यन्त जरुरी सुचना ।यस आर.सी दाईको ड्राईभिङ स्कुलमा भर्ना भई  मोटर साईकल तथा कार को ल...
31/05/2017

लाईसेन्सको लिखित परिक्षा सम्वन्धी अत्यन्त जरुरी सुचना ।
यस आर.सी दाईको ड्राईभिङ स्कुलमा भर्ना भई मोटर साईकल तथा कार को लाईसेन्सको लागि लिखित परिक्षा सहभागि हुनका लागि यस आर.सी दाईको ड्राईभिङ स्कुलको तर्फबाट निःशुल्क कक्षा सञ्चालन गरी शैदान्तीक शिक्षा प्रदान गरिने हुदा“ सम्वन्धित सवैका लागि यो सुचना संप्रेसण गरिएको छ । कक्षा सञ्चालन यहा हरुको आबस्यकता अनुसर आरम्भ educational फौन्डेसन को कार्यलयमा मा सञ्चालन हुनेछ ।

सम्बन्धित सबैको जानकारी को लागि ।
01/03/2017

सम्बन्धित सबैको जानकारी को लागि ।

05/01/2017
बागलुङबाटै सवारी चालक अनुमतीपत्रको वितरण सुरु बिहीबार २१, पुष २०७३ पर्वत । यातायात कार्यालय बागलुङबाट सवारी चालक अनुमती ...
05/01/2017

बागलुङबाटै सवारी चालक अनुमतीपत्रको वितरण सुरु

बिहीबार २१, पुष २०७३


पर्वत । यातायात कार्यालय बागलुङबाट सवारी चालक अनुमती पत्र वितरण प्रक्रिया सुरु गरेको छ ।

कार्यालयका अनुसार पहिलो चरणमा मोटरसाईकल र स्कुटरको अनुमति पत्र वितरण गरिने भएको हो । आगामी २६ गतेदेखि २८ गतेसम्म मोटरसाईकलको र २९ गते १ दिन स्कुटरको लागि दरखास्त माग गरेको हो ।

लामो समयदेखि धौलागिरी अञ्चल कार्यालयबाट सवारी अनुमती पत्रको वितरण हुन नसक्दा धौलागिरीका सर्वसाधारण मर्कामा परेका थिए ।

30/11/2016

यातायात ब्यबस्था कर्यालय पोखरा ले १७ गते शुक्रबार सुचना निकाल्ने र आइतबार बाट फारम खुलाउने हुनाले सबारी चालक अनुमती पत्र निकाल्न चाहने सबै को जानकारी का लागि यो सुचना सम्प्रेसण गरेको छु । बिस्तृत जानकारी का लागि ९८५७६२४७५७ (9857624757) कृपया बेलुका 8 बजे पछी र बिहान 7 बजे भन्दा पहिला यो सेवा रहने छैन ।

21/11/2016

नया सिस्टम मा लाइसेन्स आउने भयो अब ।

काठमाडौं – दुई महिनादेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा ८ मंसिरदेखि सुचारु हुने भएको छ । यातायात व्यवस्था विभागले नयाँ प्रावधानसहित लाइसेन्स परीक्षा सुरु गर्न लागेको हो । yatayat (2)

सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन भएपछि असोजको पहिलो सातादेखि देशभर परीक्षा रोकिएको थियो । नयाँ नियमावलीअनुसार सबै तयारी पूरा भएकाले परीक्षा सुचारु गर्न लागिएको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए । ‘सफ्टवेयर अपडेट भएको छ,’ उनले भने, ‘अब देशभरि नै ८ गतेदेखि लाइसेन्सको लिखित र ट्रायल परीक्षा सुरु हुन्छ ।’

यसअघि विभागको सफ्टवेयरमा एकपटक ट्रायल दिएपछि तीन महिनासम्म दिन नपाइने सिस्टम बनाइएको थियो । कसैले तीन महिना नपुगी परीक्षा दिन गए सफ्टवेयरबाट थाहा हुन्थ्यो । संशोधित नियमावलीले एकपटक लिखित परीक्षा उत्तीर्ण गरेपछि ९० दिनभित्र तीनपटकसम्म ट्रायल दिन सकिनेछ । ९० दिनभित्र जुनसुकै तीन दिन ट्रायल परीक्षा दिन पाउने गरी नियमावली संशोधन गरिएकाले सोहीअनुसार सफ्टवेयर अपडेट गरिएको छ ।

एकपटक असफल भएपछि तीन महिना कुर्नुपर्ने प्रावधानले समस्या भएकाले संशोधन गरिएको हो । पछिल्लो समय ट्रायल परीक्षामा आधाभन्दा धेरै अनुत्तीर्ण हुने गरेका छन् । नयाँ प्रावधानले परीक्षार्थीलाई फाइदा हुनेछ । तर, लिखित परीक्षामा नै अनुत्तीर्ण भएको खण्डमा भने अर्काे परीक्षा दिन तीन महिना नै कुर्नुपर्ने डा. पाण्डेले बताए ।

उपत्यकामा गाडी र मोटरसाइकलको ८ गतेबाट सुरु हुने र उपत्यकाबाहिर पनि अञ्चल प्रहरी कार्यालयले केही दिनभित्रै सूचना जारी गरी परीक्षा सञ्चालन गर्ने तयारी गरेका छन् । उपत्यकामा मीनभवनमा मोटरसाइकल तथा भद्रकालीस्थित नेसनल ट्रेडिङको जग्गामा विभागले गाडीको ट्रायल परीक्षा लिँदै आएको छ । विभागले गुर्जुधारामा आफ्नै ट्रायल सेन्टर बनाउन लागेको छ । तीन महिनापछि सोही स्थानबाट ट्रायल परीक्षा सञ्चालनको तयारी भइरहेको छ । ट्रायलका लागि गुर्जुधारामा संरचना निर्माणको काम भइरहेको प्रवक्ता डा. पाण्डेले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

जय शनिदेब ।
12/11/2016

जय शनिदेब ।

10/11/2016

मंसिरदेखि एउटै लिखित परीक्षाले तीनपटक सवारी ‘ट्रायल’को मौका

Smart driving licence
२५ कात्तिक, काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि पटक-पटक लिखित परीक्षा दिएर हैरान हुनुभएको छ ? लगातार ट्रायलमा फेल भएका कारण हैरानी खेप्नेहरुलाई खुसीको खबर छ, अब एकपटक लिखित परीक्षा पास गरेपछि ३ पटकसम्म ट्रायल दिने मौका पाइने भएको छ ।

मंसिर १ गतेदेखि यो व्यवस्थासहित सवारी लाइसेन्सका लागि परीक्षा फारम वितरण सुरु हुँदैछ । मंसिरदेख अब एकपटक लिखित परीक्षा दिएपछि ट्रायलमा फेल भएपनि ३ पटकसम्म आफुलाई प्रमाणित गर्ने अवसर मिल्ने यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डले जानकारी दिए ।

एकपटक दिइएको लिखित परीक्षा उत्तीर्ण गरेकाले त्यसको ९० दिनभित्र ३ पटक लिखित परीक्षा पाउने गरी सवारी तथा व्यवस्था नियमावली संशोधन गरिएको छ ।

यो संशोधित व्यवस्थाअनुसार प्रयोगात्मक परीक्षा ट्रायल दिँदा फेल भएकाले १ महिनापछि फेरि ट्रायल दिन पाउने भएका छन् ।

संशोधनमा लिखित परीक्षा पास गरेकाहरुे ९० दिनसम्म तीनपटक ट्रायल दिनसक्ने उल्लेख छ । अहिले ट्रायल फेल भएकाले अहिले ९० दिन अर्थात ३ महिनासम्म मौका पाउँदैनन् ।

यसअघिको व्यवस्थाले धेरैलाई सास्ती भएको र अव्यवहारिक देखिएकाले नियमावलीमा संशोधन गरिएको प्रवक्ता डा. पाण्डेले जानकारी दिए । नयाँ व्यवस्थाअनुसार ३ पटकसम्म पनि ट्रायल फेल भएकाले फेरि लिखित परीक्षा दिनुपर्नेछ ।

उपभोक्ता

Address

Parbat
Kusma

Telephone

9857624757

Website

Alerts

Be the first to know and let us send you an email when Rc dai ko driving school kushma parbat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share