Nepal Driving & Re-Condition Center Pvt.Ltd.

Nepal Driving & Re-Condition Center Pvt.Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Driving & Re-Condition Center Pvt.Ltd., Driving school, Ktm/7, Chabahil, Kathmandu.

म्यान्युअल गियरबक्स कार चलाउँदा यी पाँच गल्ती कहिल्यै नगर्नु, दुर्घटना हुन सक्छ....म्यान्युअल गियरबक्स कार चलाउँदा यी पा...
21/10/2019

म्यान्युअल गियरबक्स कार चलाउँदा यी पाँच गल्ती कहिल्यै नगर्नु, दुर्घटना हुन सक्छ....

म्यान्युअल गियरबक्स कार चलाउँदा यी पाँच गल्ती कहिल्यै नगर्नु, दुर्घटना हुन सक्छ
काठमाण्डौ । अटोमेटिक कार अहिले धेरैको आकर्षण बन्न थालेको छ। तर अझै पनि म्यान्युअल गियरबक्स कार चलाउनेको संख्या नेपाल अत्याधिक छ।
म्यान्युअल गियरबक्स कार चलाउँदा धेरैजसो यस्ता गल्तीहरु गर्छन्, जसले गाडी र चालक दुवैलाई नोक्सानी पुर्याउन सक्छ । यहाँ हामी तपाइँलाई यस्ता ५ गल्तीहरुका बारेमा जानकारी गराउन गइरहेका छौँ, जुन म्यान्युअल गियरबक्स कार चलाउँदा कहिल्यै गर्न हुन्न ।

१. म्यान्युअल गियर कार चलाउने धेरैजसो चालकको एउटा हात स्टेयरिङ र अर्को हात गियर लिभरमा राखिएको हुन्छ । गियर लिभरको प्रयोग हात राख्नका लागि गर्न हुन्न ।

विशेषगरी म्यान्युअल ट्रान्समिसनका क्रममा हामीले केवल गियर लिभर देख्छौँ । तर यसको पछाडिको फङ्सनिङ देख्दैनौँ । गियर लिभरले गियर चेन्ज गर्ने बेला स्थिर रहने सेलेक्टर फर्क रोटेटिङ कलरतिर दबाब दिन्छ र कलर गियरलाई त्यो पोजिसनतिर दबाउँछ । जसबाट हामी ड्राइभ गर्न चाहन्छौँ । गियर लिभरमा हात राख्दा सेलेक्टर फर्क रोटेटिङ कलरको सम्पर्कमा आउन सक्छ र गियर चेन्ज गर्ने आशंका बनिरहेको हुन्छ । यसका कारण कार चलाउने क्रममा आफ्नो हात स्टेयरिङ ह्विलमै राख्नुपर्छ । यसले चालक र गाडी दुवै सुरक्षित रहन्छन् ।

२. कारको क्लच पेडलमा आफ्नो खुट्टाको राखिराख्न हुँदैन । यस्तो गर्दा इन्धनको खपत अत्याधिक हुन्छ । किनकि यसले ट्रान्समिसन एनर्जीलाई नोक्सान हुन सक्ने आशंका रहन्छ । साथै यदि अचानक ब्रेक लगाउन आवश्यक भयो भने हडबडाहटमा ब्रेकको सट्टाट क्लच दबाउने सम्भावना बढी हुन्छ । जसका कारण दुर्घटना हुन सक्छ । त्यसैले डेड पेडलको प्रयोग गर्नु नै उत्तम हुन्छ, जुन क्लच पेडलको नजिकै हुन्छ ।

३. स्पट सिग्नमा यदि कारको इन्जिन बन्द गर्न चाहनुहुन्न भने न्युटलमा राख्दा राम्रो हुन्छ । स्टप सिग्नलमा कारलाई गियरमै छोड्दा सिग्नल ग्रिन हुनुअगावै क्लचबाट खुट्टा स्पिल हुने सम्भावना हुन्छ । यसबाट कार आफैँ अगाडि बढ्न सक्छ र दुर्घटना हुन सक्छ ।

४. स्पिड बढाउने क्रममा गियरलाई स्पिडको हिसाबले राख्नुहोस् । तल्लो गियरमा कार अधिक स्पिडमा कुदाउँदा इन्जिमा दबाब पर्न सक्छ र ठूलो आवाज आउन थाल्छ । यसले इन्धन अत्याधिक खपत हुनुका साथै इन्जिनमा छिटै खराबी आउने सम्भावना हुन्छ । कारको गियर जहिले पनि उचित इन्जिन आरपीएम (रेभोल्सुसन प्रति मिनेट) मा बदल्नुपर्छ । त्यहीअनुसार एक्सिलेटेर पनि दबाउनुपर्छ ।

५. सामान्यता उकालो सडकमा कार चलाउने क्रममा चालकले क्लचलाई दबाएर राखेको पाइन्छ । जुन गलत हो । यस्तो गर्दा कार बिना गियरको हुन जान्छ । यसरी क्लच दबाएर राख्दा उकालो सडकमा ट्राफिक जामका बेलामा अगाडि बढ्नुपर्दा एक्कासि कार पछाडि जान सक्छ ।

कारलाई उकालो उडकमा अगाडि बढाउने क्रममा गियरमै राख्नुपदर्छ । क्लचलाई केवल गियर चेन्ज गर्दामात्र प्रयोग गर्नुपर्छ । यसलाई लगातार खुट्टाले दबाएर नराख्नु नै उत्तम हुन्छ । –एजेन्सी

नाेट : सवारी साधनमा झुण्डिएर यात्रा गर्नुहुँदैन 😁😁पुलिसले समात्छ  😂😂 ✋✋
16/10/2019

नाेट : सवारी साधनमा झुण्डिएर यात्रा गर्नुहुँदैन 😁😁
पुलिसले समात्छ 😂😂 ✋✋

04/10/2019

This is a common enough problem most car and bike owners face in India. There are a number of petrol pumps that will try and con you by short-fuelling or sho...

30/09/2019
यो पनि भेटियो....
28/08/2019

यो पनि भेटियो....

नयाँ चालकको समस्याः उकालोमा कार बिस्तारै चलाउनु पर्दा र रोक्नु पर्दा के गर्ने  मेरोअटो   2075:8:17 काठमाडौं । भनिन्छ, ने...
17/08/2019

नयाँ चालकको समस्याः उकालोमा कार बिस्तारै चलाउनु पर्दा र रोक्नु पर्दा के गर्ने

मेरोअटो 2075:8:17
काठमाडौं । भनिन्छ, नेपालको बाटोमा गाडी चलाउन सक्नेले विश्वको सबै ठाउँमा सजिलै गाडी चलाउन सक्छ । चारपाङ्ग्रे सवारी चलाएर हिँड्नु सबैको रहरको हुन्छ । अझ भनौँ, धेरैजनाको कार चढेर हिँड्नु बाध्यता पनि हो ।

काठमाडौंमा चारपाङ्ग्रे सवारीसाधन चढेर हिँड्नु अझ गाह्रो कुरा हो । हाम्रा बाटाहरू राम्रा छैनन् । यहाँ सहरभित्रै गाडी चलाउनु पनि अफरोडमा गाडी चलाएजस्तो छ । अझ बाटोमा हिँड्ने सवारी चालकहरू अनुशासित तरिकाले आफ्नो लेनमा हिँड्न गाह्रो मान्छन् ।

पहिलो गाडीको अगाडि र पछाडि कति स्पेस छ, सो कुराको अनुमान गर्नुपर्छ भने दोस्रो गाडी अगाडि बडाउँदा अगाडिको गाडी अलिकति अघि बढिसकेपछिमात्र आफ्नो गाडी अगाडि बढाउनुपर्छ ।
निजी सवारीसाधन चालकलाई रुटमा चढ्ने माइक्रोबस, ट्याक्सी तथा जताबाट पनि ओभरटेक गर्न सक्ने मोटरसाइक ठूलो च्यालेन्ज हो । नयाँ सवारी चालक अझ चारपाङ्ग्रे सवारी चालकहरूलाई त उकालोमा रोकिनुपर्यो भने सबैभन्दा गाह्रो हुने गर्छ । दुबै साइडमा मोटरसाइकले च्यापिसकेको हुन्छ ।

यो पनि पढ्नुस् : गाडी चलाउँदा ब्रेक पहिला थिच्ने कि क्लच, यी चार अवस्था जान्न जरुरी

काठमाडौंको बाटोको केसमा रातोपुलबाट गौशाला जाने उकालो, गौरीघाटबाट मित्रपार्क जाने उकालो तथा सोह्रखुट्टेको उकालो सधैँ जाममा परिरहेने उकालाहरू हुन् । अझ काठमाडौंको मुख्य नाका नागढुङ्गामा पनि सधैँ ट्राफिक जाममा भई नै रहेको हुन्छ ।

यस्तोमा उकालोमा रोकिएर गाडी अगाडि बडाउनको लागि केही निश्चित टेक्निकको आवश्यकता पर्छ । उक्त टेक्निककोे बारम्बार प्राक्टिस गरेर मात्र निपूर्णता पाउन सकिन्छ ।

पहिलो अवस्था– उकालोमा रोकिएपछि

उकालोमा गाडी जाममा परे सुरुमा रोक्ने र ह्याण्ड–ब्रेक पूरा तान्नुपर्छ । अनि गाडीको गियरलाई न्यूटलमा लगाएर राख्नुपर्छ । ह्याण्ड–ब्रेक पूरा लगाएपछि लेग–ब्रेक लगाइरहन जरुरी छैन ।

उक्त समयमा लेग–ब्रेक छाडेर खुट्टालाई पनि आराम दिन सकिन्छ । यदि अगाडि लामो जाममा छ भने गाडीको स्टार्ट बन्द गर्नु उपयुक्त हुन्छ । उकालोमा रोकिँदा विशेषतः दुईवटा कुराको ध्यान दिनुपर्छ । पहिलो गाडीको अगाडि र पछाडि कति स्पेस छ, सो कुराको अनुमान गर्नुपर्छ भने दोस्रो गाडी अगाडि बडाउँदा अगाडिको गाडी अलिकति अघि बढिसकेपछिमात्र आफ्नो गाडी अगाडि बढाउनुपर्छ । गाडी अगाडि बढाउँदा पहिला एक नम्बरको गियर लगाएर क्लच थिचिरहनुपर्छ ।

त्यसपछि दाहिने खुट्टाले विस्तारै केही मात्रामा एक्सिलेटर थिच्नुपर्छ, जसले गाडीको आरपीएम बढाउँछ र इन्जिनको आवाज केही बढ्छ । अनि गाडीमा दाहिने खुट्टाले एक्सिलेटर थिचिरहेको अवस्थामा देब्रे–खुट्टाले थिचिरहेको क्लच विस्तारै रिलिज गर्दै जानुपर्छ । जब गाडी अलिअलि भाइब्रेट हुनथाल्छ र फरकखालको आवाज निकाल्दै गाडी अगाडि बढ्न खोज्छ । तब देब्रे हातले ह्याण्ड–ब्रेक विस्तारै रिलिज गर्नुपर्छ । अब गाडी अगाडि मूभ हुनथाल्नेछ ।

यो प्रक्रिया बाटो खाली भएको समयमा उकालोमा प्राक्टिस गरिरहनुपर्छ ।
सुरुमा बानी नपर्दा केही समय हाफ–क्लच थिचेरै चलाउँदा पनि हुन्छ, जसले गर्दा गाडीको स्टार्ट बन्द हुँदैन । गाडी पूर्णरुपमा गुड्न थालेपछि क्लच–पेडल पूरै रिलिज गर्नुपर्छ । त्यसपछि गतिअनुसार गियर चेन्ज गर्दा हुन्छ ।

यदि माथिको प्रक्रिया पुर्याएमा गाडी पछाडि हट्नेछैन । यो प्रक्रिया बाटो खाली भएको समयमा उकालोमा प्राक्टिस गरिरहनुपर्छ । उकालोको बीचमा गाडी रोक्ने ह्याण्ड–ब्रेक लगाउने, स्टार्ट बन्द गर्ने र फेरि गाडी अगाडि बढाउने प्राक्टिस गरेमा हाम्रोजस्तो व्यस्त सडकमा पनि सहजै गाडी चलाउन सकिन्छ ।

दोस्रो अवस्थाः उकालोमा विस्तारै चलाउनुपर्दा

कहिलेकाहिँ उकालो बाटोमा पनि जाम हुनसक्छ । यस्तो बेलामा त झन् नयाँ चालक हो भने अझ गाह्रो हुनसक्छ । किनकी अगाडि गति लिने ठाउँ पनि हुँदैन र पछाडिको सवारीबीचको दूरी पनि हुँदैन ।

अगाडिको गाडीको स्पीडअनुसार आफ्नो गाडी गुडाउन सबभन्दा सजिलो उपाए भनेको हाफ–क्लच लिएर गाडी चलाउनु हो ।
अगाडिको गाडीको गति एकदमै कम हुन्छ र विस्तारै गाडीहरू अगाडि बढिरहेको हुन्छन् । यस्तो अवस्थामा आफ्नो सवारीको गति अगाडिको सवारीसँग बराबरी हुनुपर्छ अन्यथा अलिकति बढी भएमा अगाडिको सवारीसँग ठोकिने सम्भावना हुन्छ भने गति कम भएमा पछाडिको सवारीले हर्न मार्न थाल्छन् अथवा स्टार्ट बन्द भएमा गाडी पछाडि हट्न सक्छ । यस्तो अवस्थामा हताराे नगरिकन आफ्नो पूरा ध्यान गाडी र बाटोमा लगाउनुपर्छ ।

गाडी एकदमै कम गतिमा गुडाइरहनका लागि सबभन्दा पहिला त गाडी एक नम्बर गियरमा हुन जरुरी हुन्छ । अगाडिको गाडीको स्पीडअनुसार आफ्नो गाडी गुडाउन सबभन्दा सजिलो उपाए भनेको हाफ–क्लच लिएर गाडी चलाउनु हो । यसो गर्दा गाडी विस्तारै आफूले चाहेको गतिमा गुडाउन सहज हुन्छ । यदि गाडी रोक्न नै परे पनि हाफ–क्लचको सट्टामा क्लच पूरा थिचेर ब्रेक लगाएमा गाडी रोकिहाल्छ र स्टार्ट पनि बन्द हुँदैन ।

गाडी फेरि अगाडि बढ्न थालेपछि माथिकै प्रक्रियामा गाडी अगाडि बढाउनुपर्छ ।

Address

Ktm/7, Chabahil
Kathmandu
977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+9779851191106

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Driving & Re-Condition Center Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category