SapthKanya Oil Station

SapthKanya Oil Station This is New model and convenient gas station for our Villager and tourists. We always appreciate you

15/12/2024
11/11/2021

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र सरकारले लगाइरहेको करका कारण नेपालमा पेट्रोलियम पदार्थक.....

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्यकाठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको छ ।...
16/08/2020

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको जनाउँदै निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १/१ रुपैयाँ बढाउने निर्णय गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
‘इण्डियन आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूचीअनुसार मूल्य केही हेरफेर भएको छ । पेट्रोल, डिजेल र मटितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १/१ रुपैयाँ बढाउने निर्णय भएको छ,’ उनले भने, ‘मूल्य समायोजनपश्चात् पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ, डिजेल र मटितेल ९१/९१ रुपैयाँ कायम गरिएको छ ।’
निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

30/06/2020

पेट्रोलको मूल्य ५ रुपैयाँ बढ्यो

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको हो ।
‘भारतले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७७ पैसा, डिजेलमा ५ रुपैयाँ ८८ पैसा र हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ ६ पैसा बढेर आएको छ,’ निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, ‘मंगलबारको निर्णयअनुसार पेट्रोलको खुद्रा मूल्य ५ रुपैया, डिजेल र मटितेलमा २/२ रुपैयाँ बढाउने निर्णय गरेका छौं ।’ नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि नै लागू हुने उनले जानकारी दिए ।
खुद्रा मूल्य समायोजनपश्चात् थानकोट, सुर्खेत र दिपायलका लागि पेट्रोल प्रतिलिटर १ सय १, डिजेल ८७ र मटितेल ८७ रुपैयाँ पर्नेछ ।
पोखरा र दाङका लागि पेट्रोल प्रतिलिटर १ सय ५० पैसा, डिजेल ८६ रुपैयाँ ५० पैसा र मटितेल ८६ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ । चारआली, विराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवरी, नेपालगन्ज र धनगढीका लागि पेट्रोल ९९ रुपैयाँ ५० पैसा, डिजेल ८५ रुपैयाँ ५० पैसा र मटितेल ८५ रुपैयाँ ५० पैसा तोकेको जनाएको छ ।

यस सप्तकन्या अायल स्टाेर कुन्ताबेशिमा  कृषकहरूकाे अाबश्यकतालाई ध्यानमा राखि दैनिक बिहान  ७   बजे देखि ९बजे सम्म र बेलुकि...
27/03/2020

यस सप्तकन्या अायल स्टाेर कुन्ताबेशिमा कृषकहरूकाे अाबश्यकतालाई ध्यानमा राखि दैनिक बिहान ७ बजे देखि ९बजे सम्म र बेलुकि ४बजे देखि ६ बजे सम्म डिजेल र पेटाेल बितरण गरियकाे ब्यहाेरा जानकारि गराउदछु

मूल्य घट्ने बेला २२ पम्पले उठाएनन् तेलपम्पले ढुवानी नगर्दा सर्वसाधारण घण्टौं लाइनमा बस्न बाध्य थिए ।‘प्रतिलिटर ५ देखि १०...
21/03/2020

मूल्य घट्ने बेला २२ पम्पले उठाएनन् तेल

पम्पले ढुवानी नगर्दा सर्वसाधारण घण्टौं लाइनमा बस्न बाध्य थिए ।‘प्रतिलिटर ५ देखि १० रुपैयाँ घट्ने डरले व्यवसायीले अनुमान गरेर इन्धन उठाएनन्,’ निगमका एक अधिकारीले भने, ‘अत्यावश्यक वस्तुका रूपमा रहेको इन्धन ढुवानी नगर्नु गलत हो ।’ आपूर्ति व्यवस्थालाई प्रभावित गर्ने गरी इन्धन ढुवानी नगरेपछि ती पम्पलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निगमले पत्र काटेको छ ।

‘उपभोक्तालाई सहज, सरल र निर्बाध रूपमा उपझोग गर्ने वातावरण कायम गर्न निगमले साधारण बित्रेतामा नियुक्त गरिएको हो । वर्तमान परिस्थितिमा इन्धनको मागबमोजिम उपलब्ध गराउँदा पनि फागुनको दैनिक औसत खरिदअनुसार चैत ३ गते इन्धन खरिद गरेको देखिँदैन,’ निगमले बिहीबार पम्पहरूलाई पठाएको पत्रमा भनिएको छ, ‘पम्पले इन्धन नउठाउँदा बजार असन्तुलन भई उपभोक्ताले कष्ट बेहोर्नुपरेको छ । सो सम्बन्धमा पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र पेस गर्न अनुरोध छ ।’ पम्पहरूले उचित जवाफ नदिए तिनलाई निलम्बन गरिने निगमका एक अधिकारीले बताए ।

हाल भारतीय आयल निगमले प्रत्येक १ र १५ तारिखमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउँछ । आयल निगमले पनि स्वचालित मूल्यप्रणालीअनुसार इन्धनको मूल्य समायोजन गर्दै आएको छ । अहिले सीमा क्षेत्रमा कुनै अवरोध नभए पनि चैत २ गते (१५ तारिखमा) प्रायः पम्प बन्द भए । निगमले चैत ३ मा पेट्रोल/डिजेल र मटितेलको मूल्य समायोजन गरी प्रतिलिटर दुई रुपैयाँ घटाइसकेको छ ।

मूल्य घटे पनि उपभोक्ताको लाइन कायमै भएपछि निगम र आपूर्ति विभागको संयुक्त टोलीले अनुगमन गरेको थियो । इन्धन नउठाई पम्प बन्द गर्नेलाई स्पष्टीकरण सोधिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । निगमले ड्रम र बोतलमा इन्धन बिक्री गर्ने साझा र सेनाका पेट्रोल पम्पलाई पनि सचेततासहितको चिठी पठाएको उनले जानकारी दिए ।

यता पेट्रोलियम डिलर्स एसोसिएसन वाग्मतीका अध्यक्ष अच्युत खड्काले भने मौज्दात इन्धन बिक्री नभएकाले पम्पले तेल नउठाएको बताए । ‘दैनिक एक हजारदेखि १५ सय लिटर बिक्री गर्ने पम्प छन् । बिक्री नै हुँदैन, त्यसैले उठाएनन्,’ उनले भने । महिनामा करिब ३ हजार लिटर बिक्री गर्ने पम्पलाई कारबाही गर्न नपाइने उनको भनाइ छ ।

खड्काले मासिक ३ हजार लिटर दाबी गरे पनि निगमले भने ती पम्पले यसअघि हप्तामा दुई पटक चार/चार हजार लिटर बिक्री गरिरहेको दाबी गरे । पम्पहरू निगमकै डिलर भएकाले स्पष्टीकरण सोध्नु सामान्य भएको पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान बताउँछन् ।

निगमले उपत्यकाका पम्पलाई स्पष्टीकरण सोधे पनि बाहिरका पम्पलाई भने उन्मुक्ति दिएको छ । निगम स्रोतका अनुसार उपत्यकाबाहिरका प्रायः पम्पले कम इन्धन उठाएका थिए । भैरहवामा पेट्रोलको औसत बिक्री साढे २ सय र डिजेल ८ सय किलोलिटर हो । तर व्यवसायीले पेट्रोल ४० र डिजेल २ सय २४ किलोलिटर मात्रै उठाएका थिए । विराटनगर, वीरगन्ज, चारआली, दाङ आदि क्षेत्रका पेट्रोल पम्पले पनि कम परिमाणमा इन्धन उठाएका थिए ।

16/03/2020

काठमाडौँ — नेपाल आयल निगम पेट्रोल डिजेल र मट्टितेलको मूल्य दुई रुपैयाँको दरले घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारी गिरावट आएपनि यहाँ दुई रुपैयाँ मात्रै घटाएको हो । ‘आधार मूल्य(खुद्रा बिक्री मूल्य)को आधारमा समायोजन गर्दा २ रुपैयाँ मात्रै घट्यो,’ निगमका एक अधिकारीले भने, ‘स्वचालित मूल्य प्रणालीमा २ प्रतिशत मात्रै समायोजन गर्ने अधिकार छ । जसले गर्दा बढी खेल्न सकेनौं ।’
निगमले हवाई इन्धन आन्तरिकतर्फ भने साढे ४ रुपैयाँ घटाएको जनाएको छ। हवाई इन्धनको हकमा प्रणाली छैन। निगम व्यवस्थापनबाटै उक्त मूल्य घटाएको हो। निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ भने मूल्य यथावत नै राखेको छ। निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार नया मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ। नयाँ मूल्यसूची अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ६ रुपैयाँ र डिजेल/मट्टितेलको ९५ रुपैयाँ कायम गरिएको छ। हवाई इन्धनको मूल्य ९० रुपैयाँ कायम गरेको प्रवक्ता गोइतले जानकारी दिए।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रुपमा घटेको छ। तीन महिनाअघि ओपेक राष्ट्रबाट निर्यात हुने कच्चा तेलको मूल्य प्रति ब्यारेल ६७ अमेरिकी डलर रहेकोमा सोमबार यो ३३.२५ डलर प्रति ब्यारेजलमा झरेको छ। कोरोनाको महामारी विश्वभर फैलिएसँगै विश्वभर हवाई इन्धनसहित सबै इन्धनको माग घटेको छ

एसियाली इन्धन मूल्यमा गिरावट

माग घटेसँगै तेलको मूल्यमा गिरावट आएको हो। तेलको मूल्य घटेसँगै साउदी अरेबिया नेतृत्वको ओपेकले रुसलाई समेत इन्धन उत्पादन कटौतीको प्रस्ताव गरेको थियो। रुसले इन्धन उत्पादन कटौतीको प्रस्ताव नमानेपछि ओपेकले तेलको मूल्य घटाएको थियो।ओपेकले कच्चा तेलको मूल्य घटाएसँगै भारत, चीन, कोरियाजस्ता बढी इन्धन खपत गर्ने राष्ट्रहरुमा तयारी तेलको मूल्य घटेको छ।

03/02/2020

डिजेल/पेट्रोलकाे घट्यो ,खाना पकाउने ग्यासको मूल्य बढ्यो।

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ।
निगमले भारतबाट पछिल्लो समय खाना पकाउने ग्यासको मूल्य बढेर आएकाले प्रति सिलिन्डर २५ रुपैयाँ बढाइएको जानकारी दिएको छ। योसँगै ग्यासको मूल्य अब प्रति सिलिन्डर १३७५ रुपैयाँ भएको छ।
निगमले पेट्रोल र डिजेलको मूल्य भने घटाएको छ। भारतबाट पछिल्लो समय डिजेल र पेट्रोलको मूल्य घटेर आएकाले प्रति लिटर १ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ। योसँगै डिजेलको मूल्य प्रतिलिटर ९९ र पेट्रोलको प्रतिलिटर ११० रुपैयाँ भएको छ।
याे मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएकाे छ।
मूल्य समायोजन गरेपश्चात् नेपालतर्फ वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा विक्री मूल्य १६ रुपैयाँ ४० पैसा प्रति लिटरले सस्तो र डिजेलको खुद्रा विक्री मूल्य १६ रुपैयाँ २७ पैसा प्रति लिटरले नेपालतर्फ सस्तो हुन गएको निगमले जनाएको छ।

बढ्यो डिजेल र मट्टीतेलको भाउ काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ। निगमका निर्देशक तथा ...
17/12/2019

बढ्यो डिजेल र मट्टीतेलको भाउ

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ। निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरी मूल्य समायोजन गरिएको जानकारी दिए।

उनले पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्य बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य बढाइएको जानकारी दिए। निगमले डिजेल र मट्टीतेलको खुद्रा मूल्य वृद्धि गरे पनि पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य भने यथावत नै राखेको उनले जानकारी दिए।

निगमले यसअघि गत मंसिर १६ गते पनि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको थियो। उनका अनुसार मूल्य समायोजन गरेपश्चात् नेपालतर्फको वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा बिक्री मूल्य २०.४१ रुपैयाँ प्रतिलिटरले सस्तो र डिजेलको खुद्रा बिक्री मूल्य १७.१६ रुपैयाँ प्रतिलिटरले नेपालतर्फ सस्तो हुन गएको छ।

पेट्रोल, डिजेल र मट्टितेलमा मुल्य बढ्योकाठमाडौं– पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढेको छ। सोमबार राति १२ बजेदेखि लागू ...
03/12/2019

पेट्रोल, डिजेल र मट्टितेलमा मुल्य बढ्यो

काठमाडौं– पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढेको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मुल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढेको हो।नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार ईण्डियन आयल कर्पोरेशनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले नेपाल पनि मुल्य बढेको हो। काठमाडौंको हकमा पेट्रोलको प्रतिलिटर खुद्रा मुल्य १०९ रुपैयाँ, डिजेल र मट्टितेलको ९७ रुपैयाँ पर्नेछ।१ डिसेम्बर २०१९ मा ईण्डियन आयल कर्पोरेशनबाट हवाई इन्धन तथा एल.पि.ग्यासको मुल्यसमेत बढेर आए पनि हाललाई हवाई इन्धन तथा एल.पि.ग्यासको खुद्रा विक्री मूल्य यथावत नै राखिएको छ निगमले जनाएको छ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य दुई रुपैयाँ घट्यो२४ भदौ, काठमाडौं । पेट्रोलियम पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा नेपाल ...
12/09/2019

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य दुई रुपैयाँ घट्यो

२४ भदौ, काठमाडौं । पेट्रोलियम पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको छ । पेट्रोल डिजेल र मट्टितेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।
नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो ।

19/12/2018

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
निगमले पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर समान दुई दुई रुपैयाँ मूल्य घटाएको हो ।
निगमका अनुसार मंगलाबार रातिबाट लागू हुने गरी मूल्य घटाएको हो । मूल्य घटेपछि एक लिटर पेट्रोलको मुल्य १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ।

Address

Kunta Kavre
Kathmandu
00789

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Saturday 08:00 - 12:00
Sunday 08:00 - 18:00

Telephone

9851127986

Alerts

Be the first to know and let us send you an email when SapthKanya Oil Station posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category