17/07/2026
आर्थिक बर्ष २०८३/८४ को हार्दिक शुभकामना 🙏🙏
आदरणीय ग्राहक बर्ग एवम सुभेच्छुक ज्युहरु,
आर्थिक वर्ष २०८२/८३ को अवधिभर तपाईंहरूले हाम्रो संस्था प्रति देखाउनुभएको विश्वास, साथ, सहयोग, समर्थन तथा निरन्तर साझेदारीका लागि हामी हाम्रो तर्फबाट हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं।
तपाईंहरूको प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग, सुझाव र विश्वासकै कारण हामीले यस आर्थिक वर्ष सम्पन्न गर्न सफल भएका छौं।
आगामी आर्थिक वर्ष २०८३/८४ मा पनि यही आत्मीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै आपसी सहकार्य, विश्वास र सफलतालाई नयाँ उचाइमा पुर्याउने विश्वासका साथ तपाईंहरूको निरन्तर साथ, सहयोग र समर्थनको अपेक्षा गर्दछौं।
फेरि एकपटक हजुरहरु लाइ हार्दिक धन्यवाद व्यक्त गर्दै तपाईंहरूको व्यवसायिक उन्नति, सु–स्वास्थ्य, सुख, शान्ति तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
धन्यवाद।