14/02/2023
OKINAWA स्कूटर ईभीको ब्याट्री अब नेपालमै फेर्न वा मर्मत गर्न सकिने, यस्तो छ व्यवस्था
ईभीमा प्रयोग हुने ब्याट्री अब नेपालमै मर्मत गर्न सकिने भएको छ । नेपालका लागि आधिकारिक वितरक BHC इंटरनेशनल प्रालिले यसका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन गरेको छ ।
OKINAWA ईभीमा 140 -300 सेल सहित 1.35-3.6 किलोवाट आवर क्षमताको लिथियम
आयोन ब्याट्री प्रयोग गरिएको हुन्छ । OKINAWA ईभीमा भएको ब्याट्रीलाई फुल चार्ज गर्दा 70-160 किलोमिटर रेन्ज दिने एआरआईले प्रमाणित गरेको छ । यद्यपि
व्यावहारिक रुपमा 60-140 वा त्यो भन्दा बढी रेन्ज दिन सक्छ । यो विभिन्नअवस्थामा निर्भर हुन्छ ।
यस्तो हुन्छ ब्याट्री प्याक
ब्याट्रीको समग्र व्यवस्थापनका लागि हाई भोल्टेज ब्याट्री प्याकको व्यवस्था
गरिएको हुन्छ । प्याक अन्तर्गत ब्याट्रीलाई मिलाएर राख्नका लागि एक प्रकारको कम्प्युटर अर्थात बीएमएस प्रयोग गरिन्छ । बीएमएसले सबै ब्याट्रीको वारेमा आवश्यक जानकारी लिएर गाडीलाई पठाउने गर्छ । यसको चार्जिङ, डिस्चार्जिङ सबै कन्ट्रोल गर्ने काम यसमा हुन्छ ।
बीएमएसले एक वटा बीएमयुको सहयोग लिन्छ । OKINAWA ईभीमा प्रयोग गरिएको सो ब्याट्री प्याकमा प्रयोग गरिएका 140-300 सेल मध्ये प्रत्येकमा 3.9 एपियर हुन्छ । यसमा ब्याट्रीलाई सहज तरिकाले मिलाएर राख्नका लागि आवश्यक मोड्युल
बनाइएको हुन्छ ।
ब्याट्रीका लागि आवश्यक चार्जिङ वा डिस्चार्जिङको अवस्थामा बढी करेन्ट र भोल्टेज फ्लो गर्नु पर्ने भएकाले त्यही अनुसारको कुलिङ सिस्टमको व्यवस्था गरिएको हुन्छ । यसले गर्दा ब्याट्री तात्न वा चिसिन पाउदैन । BHC INTERNATIONAL PVT.LTD. ले यसका लागि आवश्यक जिपट्रोन प्रविधिको प्रयोग
गरेको छ ।
पुरै ब्याट्री फेर्नु नपर्ने
ब्याट्रीमा भएको कुनै चिज बिग्रिएमा पुरै ब्याट्री फेर्नु पर्ने अवस्था पहिले थियो । तर OKINAWA को सन्दर्भमा भने यस्तो नहुने तर्क BHC INTERNATIONAL PVT.LTD. को छ । ब्याट्री प्याकमा भएका विभिन्न प्रकारका इलेक्ट्रोनिक कम्पोनेन्ट, वायरिङ, कुलिङ लाइन आदि बिग्रिएमा फरक फरक तरिकाले फेर्न सकिन्छ । त्यसैगरी विभिन्न प्रकारका मोड्युललाई प्नि फरक फरक
रुपमा परिवर्तन गर्न सकिन्छ । यस अनुसार ब्याट्रीमा हुने हाउजिङ देखि लिएर फरक फरक पार्ट्स र मोड्युल सम्म छुट्टाछुट्टै फर्ने सकिने कम्पनीको भनाइ छ ।
खर्च कति ?
अहिलेको अवस्थामा कुनै पनि गाडीको मूल्य जति हुन्छ, त्यसको करिव ४० देखि ५० प्रतिशत सम्म मूल्य ब्याट्रीको हुन्छ । यसले गर्दा नयाँ ब्याट्री नै फेर्नु प¥यो भने निकै नै महंगो हुन जान्छ । यो अवस्थामा ब्याट्रीका फरक फरक पार्ट्स र मोड्युल मात्र फेर्नु प¥यो भने निकै नै सस्तो र सहज हुन जाने अनुमान गर्न सकिन्छ । यसका आधारमा मोड्युल अनुसार ब्याट्रीको मूल्यको १० देखि २० प्रतिशत सम्मको मूल्यमै ब्याट्री तयार हुन्छ ।
ब्याट्री बिग्रिने सम्भावना कम
ब्याट्रीमा भएका साना सेलहरुले बराबर मात्रामा काम गर्ने गरी आवश्यक व्यवस्था गरिएको हुन्छ । कुनै ब्याट्री प्याकमा भएको कुनै सेलले ८० प्रतिशत मात्र काम ग¥यो र अन्यले १०० प्रतिशत ग¥यो भने पनि समग्र ब्याट्रीको कार्य प्रभावित हुन जान्छ । यसले गर्दा सर्भिस सेन्टरमा सर्भिसिङ गर्ने समयमा पनि यो सबै चेकजाँच हुन्छ र सबैले बराबर रुपमा कार्य गर्ने गरी ब्यालेन्सिङ गरिन्छ ।
OKINAWA ले आफ्ना इलेक्ट्रिक गाडीमा भएका ब्याट्रीमा 3 वर्ष वा 30000 हजार किलोमिटर गुड्दा सम्मको लागि वारेन्टी उपलब्ध गराएको छ । नेपाली बजारमा
उपलब्ध भएको OKINAWA ईभीमा प्रयोग भएको ब्याट्रीमा अहिले सम्म कुनै पनि समस्या आएको नपाइएको कम्पनीको भनाइ छ ।
ब्याट्री फेर्न नेपालमै सम्भव
OKINAWA गाडीको नेपालका लागि आधिकारिक वितरक BHC INTERNATIONAL PVT.LTD.
ले कुनै अवस्थामा गाडीमा प्रयोग भएको ब्याट्री वा यसमा भएका कम्पोनेन्ट नै फेर्नु प-यो भने पनि यसका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन गरेको छ ।
BIRGUNJ स्थित सर्भिस सेन्टरमा यसका लागि सम्पूर्ण तयारी सहितको व्यवस्थापन उपलब्ध छ । यसले गर्दा भविष्यमा आवश्यक परेमा नेपालमै ब्याट्री फेर्न वा मर्मत गर्न सकिने कम्पनीको भनाइ छ ।
--
BHC INTERNATIONAL
BAHUWARI-14, BIRGUNJ
PARSA, NEPAL
MOB :-9802325000,9802625000