माडी रिकण्डिसन हाउस

माडी रिकण्डिसन हाउस A complete bike solution..... All kinds of bike sales, purchase n exchange.

ब्रह्मा भगवानको अर्को रुप बिश्वकर्मा बाबाले सम्पुर्ण जगतको भलो गरून्,विशेषत फलामका कामबाट सबैलाई राम्रो होस,कुनै चोटपटक ...
17/09/2021

ब्रह्मा भगवानको अर्को रुप बिश्वकर्मा बाबाले सम्पुर्ण जगतको भलो गरून्,विशेषत फलामका कामबाट सबैलाई राम्रो होस,कुनै चोटपटक नलागोस साथै हाम्रा समस्त ग्राहक तथा शुभेच्छुक हरुमा बिश्वकर्मा बाबा ले रक्षा गरुन्।
सबै सबैमा बिश्वकर्मा बाबाको प्रसाद ग्रहन का लागि हार्दिक निमन्त्रणा गर्दछौं ।

सरकारले मध्यमवर्गीय नेपालीहरूले सबैभन्दा बढी चढ्ने १२५ देखि २५० सिसीसम्मका मोटरसाइकलमा कर बढाइदिएको छ । अर्थमन्त्री जनार...
16/09/2021

सरकारले मध्यमवर्गीय नेपालीहरूले सबैभन्दा बढी चढ्ने १२५ देखि २५० सिसीसम्मका मोटरसाइकलमा कर बढाइदिएको छ । अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकलमा अन्तःशुल्क र सडक दस्तुर बढाउँदा सर्वसाधारणले सबैभन्दा बढी रुचाएका १५० देखि १६० सिसीका मोटरसाइकलको भाउ १५ देखि २० हजार रुपैयाँले बढ्नेछ ।

03/10/2020
03/10/2020

New Arrival....
UM Renegade 180
Model 2018 last,Single Hand,full fined n freshed Condition bike
Powerful Engine with Heavy pickup n many more....

29/07/2020

के हो फ्युल इन्जेक्सन?
फाइदा कि बेफाइदा जान्नुहोस ??
फ्युल इन्जेक्सन अर्थात एफआई एक प्रकारको प्रविधि हो जहाँ इन्टेक च्याम्बरको सिलिन्डरमा फ्युल अर्थात इन्धन सिधा आपूर्ति गरिन्छ । त्यस्ता इन्जिनहरुमा अवस्थित सेन्सरहरुले इन्जेक्ट गरिएको फ्युलको बहाव नियन्त्रित गर्छ र उचित तहसम्म यसलाई कायम गर्छ ।

जबसम्म यी सेन्सरहरु (सामान्यतया इलेक्ट्रोनिक) राम्रोसँग काम गरिरहेका हुन्छ तबसम्म ब्रेकडाउन हुने सम्भावना अत्यन्त कम हुन्छ । फ्युल इन्जेक्सन सिस्टम विभिन्न प्रकारको हुन्छ जस्तै थ्रोटल बडी फ्युल इजेक्सन सिस्टम र सिंगल प्वाइन्ट फ्युल इजेक्सन सिस्टम ।

थ्रोटल बडी सिस्टमले थ्रोटल बडीमा अवस्थित इन्टेक च्याम्बरमा फ्युल आपूर्ति गर्छ भने सिंगल प्वाइन्ट सिस्टमले सिंगल इन्जेक्टरबाट फ्युल आपूर्ति गर्छ ।

जुनसुकै फ्युल इन्जेक्सनको प्रयोग गरेता पनि तिनीहरुले सामान्यतया ड्राइभ गर्दा सहजता प्रदान गर्छ । फ्युल इजेक्सन सिस्टमले फ्युलमा पनि सुधार गर्छ ।

फ्युल इन्जेक्सनले कसरी कार्य गर्छ ?
फ्युल इन्जेक्सनले इन्जिनको कार्य क्षमतालाई बढाउन मदत गर्छ । सो प्रणालीमा फ्युल सजिलै हावासँग मिश्रण हुन्छ र यसले फ्युल च्याम्बरमा शक्ति पैदा गर्न फ्युल आपूर्ति गर्छ ।
यसमा पम्पले फ्युलको केही मात्रा उपयोग गर्छ । एक्सेलेरेटरको सहायताले पम्पको लागि आवश्यक मात्रामा फ्युल प्रयोग गर्छ र हावालाई बल्न मदत गर्छ । यसले इन्जिनलाई बढी शक्ति प्रदान गर्छ ।

Motorhead

फ्युल इन्जेक्सनको फाइदा
– थ्रोटल प्रतिक्रिया बढ्छ, इन्जिनलाई आवश्यक शक्ति पैदा गर्न मदत गर्छ ।
– चिसोमा स्टार्ट हुने समस्यालाई न्यून बनाउँछ ।
– इन्जिनको आयु बढ्छ ।
– इन्जिनको कार्य क्षमता बढाउन मदत गर्छ ।
– यसको प्रयोगले वायु प्रदूषण कम गर्छ ।

फ्युल इन्जेक्सनको वेफाइदा
– फ्युल इन्जेक्सन कार्बाेरेटर भन्दा महँगो हुन्छ । त्यसैले बीएस४ र बीएस६ इन्जिन भएको गाडी महँगो हुने गर्छ ।
– फ्युल इन्जेक्सन भएको गाडी मर्मत गर्नका लागि निकै महँगो हुने गर्छ ।

हाल उपलब्ध सम्पूर्ण सवारी साधनमा बीएस६ मापदण्ड प्रयोग भएको छ । यसले प्रदूषण कम गर्नका साथै इन्जिनको लाइफ बढाउन मदत गरेको हुन्छ । त्यसैले सम्पूर्ण बाइक र स्कुटरमा पनि फ्युल इन्जेक्सन प्रयोग हुन थालेको छ ।

On sellBullet 350 cc2016 modelfull n fresh condition #9840507795,9864177200,9867540765
27/07/2020

On sell
Bullet 350 cc
2016 model
full n fresh condition
#9840507795,9864177200,9867540765

गत बर्ष चैत ११ मा लकडाउन जारी भएदेखि बन्द रहेको माडी  मोटरसाइकल रिकण्डिसन एण्ड वर्कशप यही असार १ गतेदेखी सञ्चालनमा आउने ...
14/06/2020

गत बर्ष चैत ११ मा लकडाउन जारी भएदेखि बन्द रहेको माडी मोटरसाइकल रिकण्डिसन एण्ड वर्कशप यही असार १ गतेदेखी सञ्चालनमा आउने भएको हुनाले हाम्रा सम्पूर्ण ग्राहकवर्ग लगायत शुभचिन्तक महानुभावहरुमा जानकारी गराउँदछौँ ।
संचालक
माडी मोटरसाइकल रिकण्डिस एण्ड वर्कशप परिवार
भरतपुर हाईट चितवन !!
०५६-५३१२६९
नोट :- सरकारले ल्याएको नियमलाई पालना गरी सेवा संचालन गरिनेछ। (सेनिटाइजर,साबुनपानी,माक्सको प्रयोग र सामाजिक दुरि कायम राखी संचालन हुनेछ)

31/05/2020

काठमाडौं । सरकारले जेठ १५ गते ल्याएको आर्थिक वर्ष २०७७/७८ को बजेटले इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटरमा लाग्दै आएको सडक निर्माण दस्तुरमा वृद्धि गरेको छ । यसअघि विद्युतीय दुई पाङ्ग्रे सवारीसाधनमा लाग्दै आएको ७ हजार ५०० सडक निर्माण दस्तुरलाई बढाएर १२ हजार पुर्याइएको हो ।

नयाँ इलेक्ट्रीक मोटरसाइकलको मूल्य अब कम्तीमा ४ हजार ५०० रुपैयाँले बढ्ने छ ।

तर, कम्मबस्चन इन्जिन युक्त दुइपाङ्ग्रे सवारीसाधनमा भने यस बर्ष सडक निर्माण दस्तुरमा कुनै परिवर्तन गरिएको छैन । यसअघि

२०७५/७६ को बजेटबाट व्यवस्था गरिएको मोटरसाइकलको सीसी क्षमताका आधारमा २ लाखसम्म सडक निर्माण कर लाग्दै आएको छ ।

अहिले १५५ सीसीभन्दा कम क्षमताका मोटरसाइकलले १५ हजार सडक दस्तुर तिर्नु पर्छ । त्यस्तै १५६ सीसीभन्दा माथि २५० सीसीसम्मका बाइकले १८ हजार र २५१ देखि ४०० सीसीसम्मका बाइकले ५० हजार सडक दस्तुर तिर्नु पर्ने व्यवस्था रहेको छ ।

४०१ सीसीभन्दा माथिका बाइकले सडक दस्तुर नै एकमुष्ट २ लाख रुपैयाँ तिर्नु पर्छ ।

Popular News
लकडाउन जेठ ३२ गतेसम्म

Available....KTM RC 200 ,Model 2017 No scratch n dent paint.Fresh n full condition Contact-056-531269
09/12/2019

Available....
KTM RC 200 ,Model 2017
No scratch n dent paint.
Fresh n full condition
Contact-056-531269

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when माडी रिकण्डिसन हाउस posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share