30/03/2026
WADA Auto Show 2026 सफल समापनप्रति हार्दिक धन्यवाद 🙏
पोखराको सुन्दर लेकसाइड, ताल बराही चोकस्थित खेल मैदानमा यही चैत्र ११ गतेदेखि १५ गतेसम्म आयोजना गरिएको WADA Auto Show 2026 भव्य तथा सफल रूपमा सम्पन्न भएकोमा हामी अत्यन्त हर्षित, गौरवान्वित र उत्साहित छौं।
यस महत्वपूर्ण अवसरमा कार्यक्रमलाई गरिमामय बनाइदिनु हुने प्रमुख अतिथि , अतिथि ज्यु, संस्थाका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठज्यू, पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरू, सम्पूर्ण सदस्यज्यूहरू, हाम्रा सम्माननीय प्रायोजक, सह–प्रायोजक तथा पार्टनरहरू, विभिन्न स्टलमार्फत सहभागी सम्पूर्ण व्यवसायी मित्रहरू, पत्रकारज्यूहरू तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।
यस Auto Show ले सवारी साधनको प्रदर्शनसँगै नेपालको अटोमोबाइल क्षेत्रको वर्तमान अवस्था, नवीन प्रविधि, विद्युतीय सवारी (EV), बजार प्रवृत्ति र भविष्यका सम्भावनाहरूलाई एकै स्थानमा प्रस्तुत गर्दै एक महत्वपूर्ण प्लेटफर्मको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ। विशेषगरी, पोखरामा दोस्रो पटक आयोजना गरिएको यस कार्यक्रमले राजधानी बाहिर पनि अन्तर्राष्ट्रिय स्तरका अटो शो सफलतापूर्वक आयोजना गर्न सकिन्छ भन्ने सन्देश दिएको छ।
यस कार्यक्रमलाई सफल बनाउन विशेष सहयोग पुर्याउनु हुने NADA परिवार, ,WADA परिवार विशेष गरी नाडा उपाध्यक्ष श्री विक्रम सिंहानियाज्यू,महासचिव श्री मिलन बाबु मल्लज्यू NAIMA परिवार Laxmi Group तथा निराकार श्रेष्ठ सरप्रति विशेष आभार व्यक्त गर्दछु। साथै, कोषाध्यक्ष श्री अशोक चालिसेज्यू, कार्यसमिति सदस्य श्री सीब बरालज्यू, तथा कार्यालय प्रमुख श्री गोविन्द पौडेलज्यू लगायत सम्पूर्ण टिमको अथक मेहनत र समर्पण अत्यन्त प्रशंसनीय रहेको छ।
५ दिनसम्म चलेको यस अटो शो हामी सबैका लागि गौरवको विषय बनेको छ। यसले अटो व्यवसायप्रति बढ्दो आकर्षण र सम्भावनालाई स्पष्ट रुपमा देखाएको छ।
हामी पोखरालाई “अटो नगरी” का रूपमा परिचित गराउने अभियानमा प्रतिबद्ध छौं र यसका लागि सम्बन्धित निकाय तथा सम्पूर्ण व्यवसायीहरूसँग सहकार्य गर्दै अघि बढ्ने विश्वास दिलाउन चाहन्छु।
अन्त्यमा, यहाँहरूको अमूल्य साथ, सहयोग र समर्थनप्रति पुनः हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा अझ उत्कृष्ट कार्यक्रमका साथ भेट्ने अपेक्षा राख्दछु।
धन्यवाद 🙏
— अध्यक्ष
दिपेन्द्र कोइराला
WADA