Rolpa Yatayat Pvt.Ltd.

Rolpa Yatayat Pvt.Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rolpa Yatayat Pvt.Ltd., Automotive, aircraft & boat, Liwan-7 Rolpa, Liwang.

23/09/2019

आदरणीय देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण आमाबुवा, दाजुभाइ तथा दिदिबहिनी हरुमा आउदै गरेको नेपालीहरुको महान चाड बडादशै तथा शुभ दिपवली २०७६ को अग्रिम शुभकामना व्यक्त गर्दछौं । रोल्पा यातायात प्रा.लि. बिगत तीन बर्ष देखि विभिन्न आरोह अवरोह पार गर्दै हजुर हरुको माया सहयोगले यहाँ सम्म आइपुगेको छ । अबको दिनमा पनि हजुरहरुको साथ सहयोगले अझै अगाडि बढ्न प्रेरणा मिल्नेछ भन्ने चहाना राख्दछौ । साथै दशैको चापलाई मध्यनजर राख्दै काठमाडौं(9861840781) र रोल्पा(9861840783) काउन्टर बाट अग्रिम टिकट बुकिङ गरिएको र अनलाइन टिकट (eSewa) बाट पनि बुकिङ खुला रहेको जनकारी गर्दछौ ।
धन्यवाद
अध्यक्ष
प्रनिश पुन
रोल्पा यातायात प्रा.लि.

24/02/2018

श्री.अध्यक्ष,
जलजला यातायात समिती रोल्पा ।

जलजला यातायात समिति रोल्पाको लामो इतिहासमा रोल्पालि जनतालाई दिइरहेको सेवाको उच्च कदर गर्दछौं । जनसेवा शब्द आफैमा उच्च हुदाहुदै पनि जलजला यातायात समिति आफैमा नाफा मुलक सस्था पनि हो । जनताको सेवा संगै लागानी कर्ताको लागत मुल्यको मुनाफा उठाउनु र रोल्पाली जनतालाई व्यावसायि बनाउनु यस संस्थाको उदेश्य होला । बेरोजगार युवालाई रोजगारी दिनु,लगानीमा प्रेरित गर्नु रोल्पली जनताको लागि खुसीको कुरा हो । यसै कार्यमा प्रेरितभइ रोल्पाली हामी केही युवाहरुले परिवर्तित समयको माग, आधुनिक रोल्पालिको चाहाना तथा प्रतिस्प्रधात्मक बजार र रोल्पाको पहिचान स्वरुप हामीले रोल्पा यातायात प्रा.लि.सस्था स्थापना गरि आधुनिक एर कन्डिशन युक्त बस सन्चालन गरि रोल्पामा यातायात क्षत्रमा अर्को नयाँ उचाई थपेउ । यो हाम्रो सस्था पनि निनान्त तपाइँहरुकै सस्था जस्तै सेवा तथा नाफामुलक सस्था नै हो । तर यो सस्थाको उत्पत्ती हजुरहरुको समितीलाइ सिध्याउने अथवा समितिमा मर्जर गर्ने सिमित स्वार्थमा खोलिएको सस्था थिएन । हामिहाम्रै योजना,बजारिकरण तथा रणनीतिमै चलिरहेका थियौ र छौं । बिचमा एकताको कुरा आयो यहाँहरुबाटै, सकारात्मक छलफलमा हामी भाग लिन तयार भयेउ र भाग लियौ बजार प्रतिस्पर्धाको यो समयमा रोल्पाली यातायात व्यावसायि मिलेर चल्नुपर्छ भन्ने हजुर अध्यक्ष बाहेक सबै तहका साथीहरू संग छलफल पनि भयो कुनै जुक्ति निकालौ भनेर तर छलफलको अर्थलाइ बाङ्गाइएछ आचेल बजारमा सुनिदैछ हाम्रो रोल्पा यातायात प्रा.लि. बन्द हुँदै छ मिल्नलाइ हार गुहार माग्दैछ्न या/वा वाइयात हावादारी हल्ला फैलाइएछ । यसमा हाम्रो कुनै गुनासो छैन किनकी यो आधुनिक बजारीकरणको व्यापारिक प्रमोटिङ्को कला होला यो सकारात्मक कला या नकारात्मक छुट्टाउने जिम्मा हजुर हरुलाइ नै छाडौ । तर एकताको नाममा जुन नाटक मन्चन गरियो यो एउटा भद्र सस्थाको अभद्र कृति भयो भन्ने हाम्रो भनाइ हो । हाम्रो सस्थाका पदधिकारि संग छल्फल गर्ने ब्यक्ति कि त वाहाहरु त्यस समितिको कुनै जिम्मेवार ब्याक्तित्व होइनन् ? कि त जिस्क्याउनलाई ब्याक्तिगत मनोकाङक्षाका साथ भाएको छ्लफल हो भन्ने हामी ठान्दै हामी गलत भयौ भानेर स्विकार्द्छौ र अध्यक्षको आदेश बिना छ्लफल चलाउनेलाइ के हुन्छ? साङगठानिक अनुशासनको बिधान त हजुरहरुको पनि होला ? होइन यहाँहरुको कमिटीको छलफलले यस्तो बहस गरौ भनेर परित गरेको हो भने छलफल भो मिलेन भन्देभो । बजार प्रतिस्पर्धा आ-आफ्नो स्व्तन्त्रता छ तर कसैलाइ आच पुग्ने गरि लान्छना नलगाउनहुन हार्दिक अनुरोध छ । हरेक ब्याक्ती वा सस्था स्वतन्त्र हुन्छ । स्वतन्त्रताको अर्थ नाजायज कुरा सहने भन्ने हुँदैन होला ,यसर्थ यहाँहरुको सस्थावाट आउने प्रस्तावको कुनै औचित्य नभएको हुँदा आगामी दिनमा त्यस किसिमको छलफलमा भाग नलिने कुराको पनि जानकारी गर्दछौ ।

आदरणीय रोल्पाली भद्र महिला दिदिबहिनी तथा सज्जन दजु भाइहरु हाम्रो यस रोल्पा यातायात प्रा.लि. हजुर हरुकै साथ,सहयोगले निरन्तर चलिरहेको छ र चलिरहने छ भन्ने हजुरहरु समक्ष वाचा गर्दछौं । रोल्पा-काठमाडौं,रोल्पा-दाङ a/c बस तथा काठमाडौ -घर्तिगाउ,बाग्मारा सम्म मिनि दिलक्स बस सेवा नियमितरूपमा सन्चालित छ सेवा उपभोग गर्नुहुने छ भन्ने चाहाना राख्दछौ । र निकट भबिस्यमै दाङ-काठमाडौ-दाङ सेवा बिस्तारको अभियानमा छौं त्यस रुटमा पनि हाम्रो सेवा उपभोग गर्नुहुने छ भन्ने कामना गर्दछौं साथै जलजला यातायात प्रा.लि. संगको हाम्रो सहकार्य भएको हुँदा रोल्पाका विभिन्न आन्तरिक रुटको सेवा उपभोग गर्न हार्दिक अपिल गर्दछौ र सम्पुर्ण हाम्रा कर्मचारीहरुलाइ जलजला यातायात पा. लि. संग नियमित कोडिनेशन गर्न पनि निर्देशन गर्दछौ । धन्यवाद ।

अध्यक्ष
प्रनिश पुन
रोल्पा यातायात प्रा.लि.

 #भारतको राजधानी नयाँ दिल्ली सम्म रोल्पा यातायात प्रा.लि. । अब भारत जानुहुने रोल्पाली तथा आम नेपालिलाइ खुसिको खबर । रोल्...
13/10/2017

#भारतको राजधानी नयाँ दिल्ली सम्म रोल्पा यातायात प्रा.लि. । अब भारत जानुहुने रोल्पाली तथा आम नेपालिलाइ खुसिको खबर । रोल्पा यातायात प्रा.लि. हरेक बुधबार रोल्पा लिबङ,प्युठान,भालुबाङ,नेपालगन्ज हुँदै भारतको नयाँ दिल्लीसम्म डिलक्स सेवा आरामदायी र सुरक्षित यत्राको लागि । दिल्लिबाट हरेक शुक्रबार रोल्पाको लागि बस सेवा उपलब्ध छ सेवामा रोल्पा यातायात प्रा.लि. धन्यवाद । सम्पर्क :- माडिचौर रोल्पा:-9861840785
लिबाङ 9861840783
सुलिचौर 9861840782
भलुवाङ 9861840778
भारत पुरन:-+919953017886

निकट भबिस्यमै थबङ-काठमाडौं रुटमा सन्चालन गर्नकोलागी मिनि डिलक्स बसहरु तयार हुँदै ।
18/09/2017

निकट भबिस्यमै थबङ-काठमाडौं रुटमा सन्चालन गर्नकोलागी मिनि डिलक्स बसहरु तयार हुँदै ।

रोल्पा यातायात प्रा.लि. ले २०७४ साउन १६ गत्ते बाट रोल्पा-घोराही दिवा डिलक्स बस सेवा सञ्चालन गर्दै आएकोमा सेवा बिस्तारकै ...
14/09/2017

रोल्पा यातायात प्रा.लि. ले २०७४ साउन १६ गत्ते बाट रोल्पा-घोराही दिवा डिलक्स बस सेवा सञ्चालन गर्दै आएकोमा सेवा बिस्तारकै क्रममा भदौ २५ गत्ते बाट रोल्पा-घोराही रात्री सेवा पनि सुचारू गरेको जानकारी गराउदछौ । समय : रोल्पा बाट साँझ 6:00 र दाङ बाट साँझ 5:00 बजे ।धन्यवाद ।

13/09/2017

सेवामा पर्ने असुबिधा तथा हजुरहरुको गुनासो सल्लाहा सझाबको लागि >>>9861840784 धन्याबाद

आदरणीय भद्र महिला तथा सज्जन दाजुभाइहरु ! यस रोल्पा यातायात प्रा.लि. ले रोल्पा-काठमाडौ एसि.डिलक्स बस सेवा बिगत 10 महिना द...
30/07/2017

आदरणीय भद्र महिला तथा सज्जन दाजुभाइहरु ! यस रोल्पा यातायात प्रा.लि. ले रोल्पा-काठमाडौ एसि.डिलक्स बस सेवा बिगत 10 महिना देखि सन्चालन गरिरहेको याहाहरु लाई अबगत नै छ । यसै क्रममा हजुरहरुकै सेवाको लागि यहि मिति २०७४/४/१६ गते देखि रोल्पा -घोरही तुल्सिपुर डिलक्स बस सेवा संचालन हुन गइरहेकोले सेवा गर्ने मौका अबस्य दिनुहोला । धन्यवाद ।

18/07/2017

रोल्पा -दाङ डिलक्स सेवा यहि हप्तामा सुरुहुदैछ सेवा गर्ने मौका दिनुहोला । धन्यवाद ।

Address

Liwan-7 Rolpa
Liwang
9779861840784

Telephone

+9779861840781

Website

Alerts

Be the first to know and let us send you an email when Rolpa Yatayat Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share