23/05/2026
आजदेखि पर्सिसम्म (तीन दिन) दिउँसोको समयमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मी हुने सम्भावना देखिएको छ। यी प्रदेशका तराईका भू-भागमा यस अवधिमा मध्यम तातो लहर (Heat wave) को समेत सम्भावना रहेको छ।
त्यसैले, अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्नसक्ने भएकोले सतर्कता अपनाउनु हुन सम्बन्धित सबैमा प्राधिकरण अनुरोध गर्दछ। साथै, यस विपद् सम्बद्ध सबै निकायलाई आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन समेत अनुरोध छ।
PMO Nepal हेलो गृह मन्त्रालय